एजेन्सी, इन्डोनेसियामा खोकीको औषधि खाएपछि मृत्यु भएका वा घाइते भएका परिवारका एक दर्जन आफन्तले सरकारविरुद्ध मुद्दा दायर गरेका छन् ।
उत्पादन आपूर्ति गरेको आरोपमा उनीहरूले सरकार र कम्पनीमाथि मुद्दा दायर गरेका हुन् ।
अगस्टदेखि दक्षिणपूर्वी एसियाली देशले मानिसहरुमा मृगौलामा समस्या हुने घटनामा वृद्धि भएको देखेको छ । कम्तीमा १९९ जनाको मृत्यु भएको छ, जसमा अधिकांश बालबालिका छन् । केही तरल औषधि बिक्रीमा अनुसन्धान र प्रतिबन्ध लगाइएको छ ।
प्रतिक्रिया