२०८० मंसिर १८ गते | 4th of December 2023

सिन्धुपाल्चोकमा  एकल पुरुषलाई भत्ता

सिन्धुपाल्चोकमा  एकल पुरुषलाई भत्ता
Sanchar_np प्रकाशित: २०७९ मंसिर १७ गते ३:३५

चौतारा, सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ ।

इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक रु पाँच सय भत्ता दिने भएको छ ।

गाउँपालिकाको आव २०७९र८० को नीति तथा कार्यक्रम समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । शर्माका अनुसार एकल पुरुष दर्ताका लागि सूचना जारी गरिसकिएको छ ।

हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एकल महिलासँगै पुरुषको अवस्था दुःख लाग्दो देखिएपछि पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको बताए। हेलम्बु गाउँपालिकाले एकजनालाई रु पाँच सय दिने व्यवस्था गरेको छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *