२०८० मंसिर १५ गते | 1st of December 2023

बेलायती राजकुमार र अमेरिकी राष्ट्रपतिको बोस्टनमा भेट

बेलायती राजकुमार र अमेरिकी राष्ट्रपतिको बोस्टनमा भेट
Sanchar_np प्रकाशित: २०७९ मंसिर १७ गते ४:१६

एजेन्सी, अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका राजकुमार विलियमबीच बोस्टनमा भेट भएको छ ।

अर्थशट पुरस्कार समारोहमा सहभागी हुन प्रिन्स विलियम आफ्नी पत्नी केटसँगै बोस्टनमा पुगेका थिए ।

संयोगवश बाइडेन पनि डेमोक्रेटिक पार्टीको कोष संकलन कार्यक्रममा भाग लिन बोस्टन शहरमा पुगेका थिए । उनीहरुबीच करिब आधाघन्टा भेटवार्ता भएको थियो ।

उनीहरुबीच अनौपचारिक कुराकानी पनि भएको थियो । बेलायतको सिंहासनको उत्तराधिकारी विलियम जोन एफ केनेडी पुस्तकालय र संग्रहालय बाहिर ओभरकोट बिना हिड्दा बइडेनले चिसो मौसमबारे ख्याल गर्न बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *