२०८० मंसिर १८ गते | 4th of December 2023

सायरा विश्वभर एकसाथ प्रदर्शन हुने

सायरा विश्वभर एकसाथ प्रदर्शन हुने
Sanchar_np प्रकाशित: २०७९ मंसिर १७ गते ४:३३

काठमाडौ, बलिउड निर्देशक विशाल देसाईको निर्देशनमा बन्ने लागेको नेपाली फिल्म सायरा विश्वव्यापी रुपमा प्रदर्शन हुने भएको छ।

हालै काठमाडौंमा फिल्मका प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रबन्ध निर्देशक विशाल चौधरीसँग ‘वर्ल्डवाइड रिलिज’ बारे सम्झौता गरेका छन्।

पावनी फिल्म्सका प्रबन्ध निर्देशक चौधरीले नेपाली फिल्मसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

फिल्ममा आर्यन सिग्देल, भारतीय अभिनेत्री सुफिया सिद्दिकी, कविता नेपाली र भारतीय अभिनेता धानिष सोनीको अभिनय रहनेछ।

डान्सिङ रियालिटी शोमार्फत चर्चामा आएकी कविता नेपाली यसै फिल्ममार्फत डेब्यु गर्दैछिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *