२०८० मंसिर १९ गते | 5th of December 2023

भिरबाट लडेर एक जनाको मृत्यु

भिरबाट लडेर एक जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७९ मंसिर १७ गते ४:५०

दार्चुलाः दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको व्यास गाउँपालिका–३ तुसरपानीका ५० वर्षीय डम्मरसिंह डडाल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

शुक्रबार उनको भिरबाट लडेर मृत्यु भएको हो। प्रहरी घटना स्थलतिर गएको छ। शुक्रबार दिउँसो घाँस–दाउरा काट्ने क्रममा भिरबाट लडेका डडालको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकोछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *