२०८० मंसिर १८ गते | 4th of December 2023

उत्तर कोरियामाथि ३ देशले प्रतिबन्ध लगाए

उत्तर कोरियामाथि ३ देशले प्रतिबन्ध लगाए
Sanchar_np प्रकाशित: २०७९ मंसिर १७ गते ४:५७

काठमाडौं, क्षेप्यास्त्र परीक्षणलाई लिएर उत्तर कोरियामाथि जापान, दक्षिण कोरिया र अमेरिकाले फेरी प्रतिबन्ध लगाएका छन् ।

पछिल्लो प्रतिबन्धले प्योङयाङको आणविक हतियार कार्यक्रममा प्रत्यक्ष संलग्न भएको पहिचान गरी ३ उत्तर कोरियाली अधिकारीहरुलाई लक्षित गरेको हो ।

सोही मुलुकले देशको अवैध हतियार कार्यक्रमसँग जोडिएको उत्तर कोरियाली अधिकारीमाथि प्रतिबन्ध लगाएको हो ।

वासिङटनले प्योङयाङको ब्यालेस्टिक मिसाइलले क्षेत्र र सम्पूर्ण विश्वकै लागि गम्भीर जोखिम निम्त्याएकाले सो कदम चालिएको जनाएको छ ।

अमेरिकाको सिफारिसमा उत्तर कोरियाली अधिकारीहरुमाथि यसअघि नै युरोपियन युनियनले पनि प्रतिबन्ध लगाइसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *