२०८० मंसिर १५ गते | 1st of December 2023

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु
Sanchar_np प्रकाशित: २०७९ मंसिर १७ गते ५:४८

दमक, झापाको अर्जुनधारा नगरपालिका वडा नंं. ४ स्थित भाङबारीमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ ।

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक पाँचथर फिदिम १ का ३५ वर्षीय गंगाराम काफ्लेको ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति बागमती प्रदेश ०२–०१८ प ८३८५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा काफ्ले गम्भीर घाइते भएका थिए ।

घाइतेको तत्कालै उद्धार गरेर बिर्तामोडस्थित बिर्तासिटि अस्पतालमा बिर्तामोड पुगेपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटना भएको सोही मोटरसाइकलमा सवार ४० वर्षीय मिलन बस्नेत घाइते भएका छन् ।

उनको अवस्था गम्भीर रहेको र बिर्तासिटी अस्पतालमा उपचार भइरहेको पनि प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *