राजस्थानमा महिलाको गोली हानी हत्या

Sanchar_np
प्रकाशित: २०७९ मंसिर १७ गते ५:५१
भारत, राजस्थानको करौली जिल्लाको मालपुर थाना क्षेत्रमा गत नोभेम्बर ३० मा एक महिलाको गोली हानी हत्या गरिएको थियो । महिलालाई बचाउन आएका अन्य दुई युवा घाइते भएका छन् ।
यस मामिलामा एफआईआर दर्ता गरेपछि, प्रहरीले शुक्रबार सात आरोपीहरूलाई पक्राउ गरेको छ।
मसलपुर प्रहरी चौकीका प्रमुख पुरुषोत्तम सिंहले बीबीसीलाई भने, ‘देवरी गाउँमा मृतक महिलाको परिवारले खेत जोत्न ट्याक्टर मागेको थियो ।
खेत जोतेको लेनदेनमा विवाद बढेको थियो ।’ उनले थपे, प्रारम्भिक अनुसन्धानमा ७५ रुपैयाको लेनदेनका लागि गोली हानेको पाइएको छ । यस घटनामा संलग्न सात जना पक्राउ परेका छन्।
प्रतिक्रिया