२०८० मंसिर १५ गते | 1st of December 2023

आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
Sanchar_np प्रकाशित: २०७९ मंसिर १७ गते ६:२४

काठमाण्डौ, आज ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि मनाइँदैछ । यस वर्ष समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू तथा पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

यस पटकको विश्व अपाङ्गता दिवसमा अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गतासम्बन्धी मुद्दाहरूको बुझाइलाई प्रवर्द्धन गर्ने र समर्थन जुटाउने लक्ष्य राखिएको छ ।

सन् १९९२ देखि हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइन्छ ।

आजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, र्यालीहरू आयोजना गरिन्छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा अपाङ्गता भएका व्यक्ति, यस क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नेपाल सरकार, अभिभावक समूहलगायत सम्बद्ध सबैलाई अपाङ्गता भएका नागरिकको पक्षमा निरन्तर क्रियाशील रहन प्रेरणा र ऊर्जा मिल्ने विश्वाससहित शुभकामना व्यक्त गरेकी हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *