रौतहटमा धानमा आगजनी

Sanchar_np
प्रकाशित: २०७९ मंसिर १७ गते ७:०२
रौतहट, रौतहटमा धान थुपारेर राखेको कुन्यु (भारी)मा आगजनी गरिएको छ । जिल्लाको गढीमाई नगरपालिका ३ गम्हरिया निवासी शेख ग्यासुदिनको ४ बिगाहा क्षेत्रफल जग्गाबाट उठाएर एकैठाउँमा राखिएको धानमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको हो ।
दाइँ गर्ने तयारीमा राखिएको धानमा आगजनी भएपछि लाखौ क्षति भएको पीडित परिवारले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुणकुमार सिंहले आगजनीको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भैरहेको बताए ।
राजनीतिक प्रतिशोधका कारण शेख ग्यासुदिनको धानमा आगजनी भएको स्थानीय राजनीतिक दलका नेता र स्थानीयवासी आशंका गरेका छन् ।
प्रतिक्रिया