आज नक आउट का खेलहरु हुँदै

Sanchar_np
प्रकाशित: २०७९ मंसिर १८ गते ०:४४
काठमाडौं, कतारमा जारी फिफा विश्वकप फुटबलमा आज आइतबार राउण्ड अफ १६ का दुई खेलहरु हुँदैछन् ।
अल थुमामा स्टेडियममा आइतबार हुने पहिलो खेलमा फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । साविक विजेता फ्रान्स र पोल्याण्डबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।
अर्को खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । अल बयात स्टेडियममा हुने इंग्ल्यान्ड र सेगेनलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
इंग्ल्यान्ड समूह बी को विजेता र सेनेगल समूह एु को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
प्रतिक्रिया