२०८० मंसिर १८ गते | 4th of December 2023

कस्तो छ त आजको मौसम ?

कस्तो छ त आजको मौसम ?
Sanchar_np प्रकाशित: २०७९ मंसिर १८ गते ०:५२

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशका पहाडी भू-भागका एक-दुई स्थानमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। राती बागमती प्रदेश, मधेस प्रदेश लगायत लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा आंशिक बदली तथा बाँकी भू९भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका भू-भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *