आज दिल्लीमा स्थानीय चुनाव हुँदै

Sanchar_np
प्रकाशित: २०७९ मंसिर १८ गते १:१०
काठमाडौं, भारतको राजधानी दिल्लीमा आज आइतवार स्थानीय निकाय चुनाव हुँदैछ । कूल २५० वडामा हुने चुनावका लागि १ हजार ३४९ उम्मेदवार रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय समयअनुसार बिहान ८ बजेदेखि साँझ साढे ५ बजेसम्म मतदान हुनेछ ।
चुनावको नतिजा ७ डिसेम्बरमा आउने जनाइएको छ । चुनावमा १ करोड ४५ लाख मतदाता रहेका छन् ।
स्थानीय निकायमा १५ वर्षदेखि नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (बीजेपी) फेरि दोहोरिने प्रयासमा छ भने आम आदमी पार्टी (आप) दिल्लीको सत्ताका साथै नगर निगममा पनि दबदबा बनाउने प्रयासमा छ ।
प्रतिक्रिया