एजेन्सी,म्यानमारको जुन्ता सरकारले यस साता थप सात जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
यससँगै सेनाले मृत्युदण्ड सुनाएको व्यक्तिको संख्या १३९ पुगेको राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघले म्यानमारको सेनाले विरोधीलाई दमन गर्न मृत्युदण्डलाई औजारको रूपमा प्रयोग गरेको आरोप लगाएको छ।
सन् २०२१ को फेब्रुवरीमा आङ सान सुकीको नागरिक सरकारलाई सेनाले कु गरेपछि म्यानमारमा राजनीतिक उथलपुथल बढेको छ ।
यसै साता सेनाको एक अदालतले कम्तीमा ७ जना विश्वविद्यालयका विद्यार्थी (छात्र) लाई मृत्युदण्डको सजाय सुनाएको मानवअधिकारका लागि राष्ट्रसंघका आयुक्त भोल्कर टर्कले एक विज्ञप्तिमा बताएका छन् ।
रासस
प्रतिक्रिया