‘शून्यको मूल्य’ सार्वजनिक

कर्णाली, बालरोग विशेषज्ञ डा नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ पुस्तक सार्वजनिक भएको छ ।
पुस्तकभित्र सास, साहस र स्नेहका विषयस्तुमा केन्द्रित कथालाई सरल रुपमा प्रस्तुत गरिएका छन् ।
पुस्तकको डा केसीका आमा टीका केसी, सामाजिक अभियान्ता राधा पौडेल, लेखिका म्यागी डोयनले शनिबार संयुक्तरूपमा लोकार्पण गर्नुभएको थियो ।
सो अवसरमा अभियान्ता पौडेलले ‘शून्यको मूल्य’ आफूले आफैँलाई बदल्ने एक महत्वपूर्ण औजार भएको टिप्पणी गरे ।
लेखिका डोयनले आफूले बुझेको कर्णालीको यथार्थतालाई डा केसीले शब्द–चित्रद्वारा पस्केको विषय सबैसामु छर्लङ्ग भएको जनाए।
पुस्तकका लेखक डा केसीले पुस्तकमा कर्णालीका आमाले गुमनाम भएर सन्तानका लागि गरेको सङ्घर्ष, सामाजिक विभेदभित्र लुकेको अन्तर्यको लडाइँ र डोको बोक्नेहरूबाट सिकेको ‘जीवनवारिधि’का बारेमा लेखिएको बताए। “टाइ लगाएरमात्र होइन, डोको बोकेर पनि प्राध्यापकहरू आउँदा रहेछन्, जो मैले कर्णालीमा पाएँ”, उनले भने।
लेखिका आनविका गिरीले पुस्तकमा लेखिएका कुराले जीवनभरि छाप लागेको प्रतिक्रिया दिए ।
रासस
प्रतिक्रिया