२०८० मंसिर १५ गते | 1st of December 2023

बाजुराबाट कांग्रेसका पाण्डे विजयी

बाजुराबाट कांग्रेसका पाण्डे विजयी
Sanchar_np प्रकाशित: २०७९ मंसिर १८ गते ४:४१

बाजुरा, बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन् । एमाले उम्मेदवार कर्ण बहादुर थापालाई ५ हजार ४ सय ३७ मतान्तरले पराजित गर्दै पाण्डे निर्वाचित भएका छन् ।

पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गरेर विजयी भए भने उनको निकटतम प्रतिस्पर्धी एमालेका थापाले २६ हजार ३ सय ४९ मत मत प्राप्त गरेका छन् ।

त्यसैगरी राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जंग गिरीले २०७, स्वतन्त्र उम्मेदवार टेक बहादुर बडुवालले ११४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *