खोटाङमा बस दुर्घटना हुँदा चार घाइते

Sanchar_np
प्रकाशित: २०७९ मंसिर १८ गते ४:४४
खोटाङ, बस दुर्घटना हुँदा खोटाङमा चार घाइते भएका छन् । साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट दिक्तेल जाँदै गरेको बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामिसरामा पल्टिँदा सहचालक सहित चार घाईते भएका हुन् ।
ब्रेक फेल भएर सडकमा बस पल्टिँदा साकेला गाउँपालिका–३ खिदिमाका दीपेन्द्र तामाङ, कल्पना राई, ऐसेलुखर्क गाउँपालिकाकी इन्दिरा पुरी र शारदा नगरपालिका सल्यानका सहचालक मिलन मगर घाईते भएका हुन् ।
घाइतेलाई घट्नास्थलमै स्वास्थ्यकर्मी बोलाएर प्राथमिक उपचार गरिएको छ । घाइतेको अवस्था सामान्य रहेको छ ।
ब्रेक पाईप फुटेपछि हावा लिक भएर बस पल्टिएको चालक सुदन बिकले बताए ।
प्रतिक्रिया