राप्ती नदीमा दुई जनाको शव फेला

Sanchar_np
प्रकाशित: २०७९ मंसिर १८ गते ४:५५
नेपालगन्ज,राप्ती नदीमा दुई युवती पानीमा डुबेर मृत अवस्थामा फेला परेको छ । बयर टिप्न राप्ती नदीको टापुमा पुगेका राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुर डाँडा टेपरीका दुई जना युवतीको शव भेटिएको छ ।
शनिवार बयर टिप्न गएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर डाँडा टेपरी निवासी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारु फर्किने क्रममा राप्ती नदीमा डुबेर बेपत्ता भएका थिए ।
शनिवार बेलुकासम्म पनि उनीहरूको खोजी गर्दा नभेटिएकोमा आइतबार बिहान डुबेको ठाउँबाट डेढ किलोमिटर दक्षिणतर्फ नदीमा दुवै युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया