बझाङ, बझाङमा घाँस काट्न जाँदा लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बित्थडचिर गाँउपालिका वडा नम्बर दुई तोली निवासी २२ बर्षीया दुर्गादेवी बोहोरा रहेकी छन्।
हिजो शनिवार दिउँसो घरबाट दुई सय मीटरको दूरीमा रहेको पाखामा घाँस काट्न जाँदा लडेर घटनास्थलमा नै निधन भएको मृतकका श्रीमान प्रकाश बोहोराले जनआस्थालाई बताए।
प्रतिक्रिया