रौतहट, रौतहट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । रौतहटको सदरमुकाम गौरमा जमिनमुनि लुकाएर राखेको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको हो।
प्रहरीले गाँजा ढुवानी गरेर ल्याएको आरोपमा ट्रक र चालकलाई समेत नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट शनिबार खटिएको प्रहरी टोलीले गौर ३ स्थित कुखुरा फर्ममा छापा मारेर १ क्विन्टल ८० किलोग्राम गाँजा बरामद गरिएको एसपी वीरबहादुर ठाडा मगरले बताए ।
कुखुरा फर्म सञ्चालक भारतीय नागरिक फिरोज मिया भने हालसम्म फरार रहेको र उनको खोजी भइरहेको प्रवक्ता यादवले बताए ।
प्रतिक्रिया