२०८० मंसिर १९ गते | 5th of December 2023

पूर्व प्रहरीका सन्तानलाई प्रहरी भर्नामा प्राथमिकता दिइने

पूर्व प्रहरीका सन्तानलाई प्रहरी भर्नामा प्राथमिकता दिइने
Sanchar_np प्रकाशित: २०७९ मंसिर १८ गते ६:३२

बाँके, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले पूर्व प्रहरी कर्मचारीका सन्तानलाई विद्यालय भर्ना र प्रहरी भर्ना छनोटमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

बाँकेमा पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तक्रिर्या गर्दै महानिरीक्षक सिंहले पूर्व प्रहरी कर्मचारीहरूको हकहितका लागि संगठनबाट सक्दो सहयोग हुने समेत बताए ।

पूर्वप्रहरी संगठन जिल्ला कार्य समिति बाँकेका अध्यक्ष पूर्वप्रहरी निरीक्षक गंगाबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा पूर्व प्रहरी कर्मचारीहरूले महानिरीक्षक सिंहसँग विभिन्न जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *