२०८० मंसिर १८ गते | 4th of December 2023

रौतहटमा ठूलो परिमाणमा गाँजा बरामद

रौतहटमा ठूलो परिमाणमा गाँजा बरामद
Sanchar_np प्रकाशित: २०७९ मंसिर १८ गते ७:४०

रौतहट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । रौतहटको सदरमुकाम गौरमा जमिनमुनि लुकाएर राखेको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको हो। प्रहरीले गाँजा ढुवानी गरेर ल्याएको आरोपमा ट्रक र चालकलाई समेत नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट शनिबार खटिएको प्रहरी टोलीले गौर ३ स्थित कुखुरा फर्ममा छापा मारेर १ क्विन्टल ८० किलोग्राम गाँजा बरामद गरिएको एसपी वीरबहादुर ठाडा मगरले बताए । गाँजा ढुवानी गरेको आरोपमा प्रदेश ०१-००६-ख २८३० नम्बरको ट्रक र मकवानपुर आरा ३ का २१ वर्षीय चालक सुरेन्द्र स्याङतान सहितलाई नियन्त्रणमा लिइएको एसपी मगरले जानकारी दिए ।

मकवानपुरबाट ट्रकमा ल्याइएको गाँजा नियन्त्रणमा लिइएको जिल्ला प्रहरीका निमित्त प्रवक्ता डीएसपी उमाशंकर यादवले जानकारी दिए । कुखुरा फर्म सञ्चालक भारतीय नागरिक फिरोज मिया भने हालसम्म फरार रहेको र उनको खोजी भइरहेको प्रवक्ता यादवले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *