२०८० मंसिर १८ गते | 4th of December 2023

कोलम्बियामा सरकार र विद्रोही समूहबीच वार्ता सहमति नजिक

कोलम्बियामा सरकार र विद्रोही समूहबीच वार्ता सहमति नजिक
Sanchar_np प्रकाशित: २०७९ मंसिर १८ गते ७:४७

द्वन्द्वका कारण विस्थापित आदिवासी जनजातिलाई प्रदेशमा आफ्नो भूमिमा सुरक्षित फिर्ताको सुनिश्चितता गर्न दुवै पक्ष सहमत भएका उनले बताए । कोलम्बियामा विगत ६ दशकदेखि द्वन्द्व भइरहेको छ ।

वामपन्थी नेसनल लिबरेसन आर्मी (इएलएन) देशमा रहेको अन्तिम विद्रोही समूह हो, जुन अझै पनि युद्धमा सक्रिय छ । गत महिना नेता पेट्रोले चुनाव जितेपछि तीन वर्षको अन्तरालपछि दुई पक्षबीच वार्ता भएको थियो ।

उनी देशको पहिलो वामपन्थी राष्ट्रपति हुन् । एम १९ विद्रोही समूहका पूर्व सदस्यसमेत रहेका पेट्रोले अगस्टमा राष्ट्रपतिको पद सम्हालेका थिए । पद सम्हाल्दै गर्दा उनले कोलम्बियामा शान्ति स्थापना गर्ने बाचा गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *