२०८० मंसिर १५ गते | 1st of December 2023

स्कटल्याण्डविरुद्ध नेपाल ब्याटिङमा : सोमपाल बाहिर

स्कटल्याण्डविरुद्ध नेपाल ब्याटिङमा : सोमपाल बाहिर
Sanchar_np प्रकाशित: २०७९ मंसिर १८ गते ८:२३

काठमाडौं । आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ स्कटल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

नामिबियाविरुद्धको पहिलो खेलमा टिम रहेका सोमपाल कामी प्लेईङ-११ मा रहेका छैनन् । सोमपालको स्थानमा करण केसीले मौका पाएका छन् ।

यस सिरिजमा दुबै देश दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेल बर्षाले प्रभावित बनेपछि घरेलु टोलीसँग अंक बाडेको थियो ।

यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ ।

७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २१ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । स्कटल्याण्ड भने २९ खेलमा ४२ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
नेपालको प्लेईङ-११

आसिफ शेख(विकेटकिपर),अर्जुन साउद,ज्ञानेन्द्र मल्ल,रोहित कुमार पौडेल(कप्तान),दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,कुशल भुर्तेल,करण केसी,ललित नारायण राजवंशी,गुल्सन झा र सागर ढकाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *