२०८० मंसिर १५ गते | 1st of December 2023

कांग्रेसले माग्यो अन्तरघातीको सूची

कांग्रेसले माग्यो अन्तरघातीको सूची
Sanchar_np प्रकाशित: २०७९ मंसिर १८ गते १०:५२

नेपाली कांग्रेसले आम निर्वाचनमा अन्तरघात गर्नेहरुको सूची माग गरेको छ । कांग्रेस अनुशासन समितले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरुको सूची माग गरेको हो ।

जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी पठाउने र यदि जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरेर पुस १५ गतेभित्र सूची पठाउन केन्द्रीय अनुशासन समितिले विज्ञप्तिमार्फत अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *