२०८० मंसिर १८ गते | 4th of December 2023

नेपालद्वारा स्कटल्याण्डलाई १३८ रनको लक्ष्य

नेपालद्वारा स्कटल्याण्डलाई १३८ रनको लक्ष्य
Sanchar_np प्रकाशित: २०७९ मंसिर १८ गते ११:१२

काठमाडौं । आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिज अन्तर्गतको एकदिवसीयमा नेपाले स्कटल्याण्डलाई जितका लागि १ सय ३८ रनको लक्ष्य दिएको छ ।

युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा आईतबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा अलआउट हुँदै १ सय ३७ बनायो ।

नेपालका लागि गुलसन झाले सर्वाधिक २९ रनको ईनिङ खेल्दा ज्ञानेन्द्र मल्लले २५ रनको इनिङ खेले । अर्जुन साउद १८ तथा कप्तान रोहित पौडेल १७ रनमा आउट भए ।

यस्तै आरिफ शेखले १० रन जोड्दा गुलसन झाले रन जोडे । नेपालका ६ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

स्कटल्याण्डका क्रिस सोलले ३ तथा मिचेल लेग्स,ब्राण्डन म्याकमुलेन,मार्क वाट,सफियान सरिफले समान १/१ विकेट लिए ।

यस सिरिजमा दुबै देश दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेल बर्षाले प्रभावित बनेपछि घरेलु टोलीसँग अंक बाडेको थियो ।

यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *