२०८० मंसिर १८ गते | 4th of December 2023

मंसिर २९ देखि विराट एक्स्पो

मंसिर २९ देखि विराट एक्स्पो
Sanchar_np प्रकाशित: २०७९ मंसिर १८ गते ११:१९

विराटनगर । विराटनगरमा सातौं विराट एक्सपोको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औंद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ को तयारी अन्तिम चरणमा पुगेको हो ।

डिग्री क्याम्पस विराटनगरको खाली मैदानमा आयोजना हुने एक्स्पोमा नेपाल भारत बंगलादेश र पाकिस्तानबाट स्टलहरु आउनेछन् ।

साँतौं संस्करणको विराट एक्स्पोमा दुई लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बताए । प्रविधी मैत्री बनाइएको एक्स्पोमा माउन्ट फ्लाइटको सुविधा पनि राखिएको छ ।

उनले परम्परागत भन्दा फरक शैलीमा एक्स्पो आयोजना गर्न लागिएको बताए । एक्स्पोलाई भर्चुअलपनि बनाइएको बताउँदै उनले सबै स्टलमा डिजिटल पेमेन्ट सिस्टम पनि राखिएको जानकारी दिए । एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने प्याकुरेलले बताए ।

उद्योग संगठनले २०५३ सालमा कोसी महोत्सव आयोजना गरेको थियो । पछिल्लो समय मोरङ व्यापार संघ र उद्योग संगठनले आलोपालो रुपमा एक्सपो आयोजना गरिरहेका छन् ।

कोरोना महामारीको कारण विगतमा एक्स्पो आयोजना गर्न नसकिएको एक्स्पो संयोजक भोलेश्वर दुलालले जानकारी दिए । एक्स्पो आयोजना गर्दा साढे तीन करोड खर्च लाग्ने अनुमान रहेको उनले बताए ।

एक्स्पो प्रवेशमा अपराह्न ४ बजेसम्म ५० रुपैयाँ र त्यसपछि १०० रुपैयाँ टिकट राखिएको छ । बेलुका मनोरञ्जनात्मक कार्यक्रम भएका कारण टिकटदर बढाइएको आयोजकले जनाएको छ ।

एक्स्पोमा प्रदेश-१ का प्रमुख पर्यटकिय क्षेत्रलाई थ्रीडी र भिआर भिडियोमार्फत देखाइनेछ । एक्स्पोमा दीपक बज्रचार्य, स्वप्न सुमन, सुगम पोखरेल,ईन्दिरा जोशीलगायत कलाकारहरूको प्रस्तुति दिनेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *