काठमाडौं । काठमाडौंको इन्द्रचोकमा एक चिनियाँले सँगै रहेका दुई जना साथीलाई चक्कु प्रहार गरेका छन् ।
आइतबार बिहान ११ बजे ३७ वर्षीय व्यक्तिले अन्य दुई जना चिनियाँलाई चक्कु प्रहार गरेको काठमाडौं प्रहरी परिसर प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए ।
घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लेनदेन विवादमा चक्कु प्रहार भएको प्रारम्भिक रुपमा देखिएको एसपी मैनालीले बताए ।
घाइते हुनेमा २९ वर्षीय ली चुवान र गान साउथिङ रहेका छन् । पक्राउ पर्नेमा फङ चङ्युन रहेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया