काठमाडौं, इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अल बयात स्टेडियममा आइतबार राति सेनेगललाई ३-० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।
इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे ।
खेलको ३८ औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
प्रतिक्रिया