२०८० मंसिर १९ गते | 5th of December 2023

स्कटल्याण्डसँग नेपालको हार

स्कटल्याण्डसँग नेपालको हार
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते ०:१४

काठमाडौं, आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा हार व्यहोरेको छ।

नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा आइतबार भएको खेलमा स्कटल्याण्डले नेपाललाई ३ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले ३२ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

स्कटल्याण्डको जितमा क्रिटोफर म्याकब्रिडीले ४७ बलमा ४३ रन बनाए । ब्रेन्डन म्याकमुलनले अविजित ३ तथा मिचेल लिक्सले २२ रन बनाए । जर्ज मुन्सी १७ रनमा आउट भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *