२०८० मंसिर १५ गते | 1st of December 2023

विश्वकपमा आज नक आउट चरणका दुई खेल हुँदै

विश्वकपमा आज नक आउट चरणका दुई खेल हुँदै
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते ०:२०

काठमाडौं, कतारमा जारी फिफा विश्वकपमा आज सोमबार अन्तिम-१६ का दुई खेलहरू हुँदै छन् ।

कतारको अल जनौब रंगशालामा हुने आजको पहिलो खेलमा साबिक उपविजेता क्रोएसियाले जापानविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयानुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ ।

जापान समूह ई को विजेताको रूपमा र क्रोएसिया समूह एफु को उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल आएका हुन् ।

यस्तै, आजको दोस्रो खेलमा राति १२:४५ बजे ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल कतारको रंगशाला ९७४ मा हुनेछ ।

विश्वकपमा ब्राजिल समूह जी को विजेताको रूपमा र दक्षिण कोरिया समूह ुएचुको उपविजेताको रूपमा अन्तिम-१६ मा आएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *