काठमाडौं, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै नेकपा एमालेसँगको सहकार्य सकिएको बताएकशा छन् ।
आइतबार विराटनगर विमानस्थलमा सञ्चारकमीसँग कुरा गर्दै यादवले अब बन्ने सरकारको नीति हेरेर आफ्नो पार्टीले समर्थन वा विपक्षमा बस्ने निर्णय गर्ने बताए।
महत्वपूर्ण राष्ट्रिय मुद्दामा अब सरकार बनाउने शक्तिको दृष्टिकोण र प्रतिबद्धताका आधारमा समर्थन वा विरोध हुने यादवले बताए।
सरकारमा सहभागिताका सन्दर्भमा देशैभरि एउटै नीति लिने उनले बताए ।
प्रतिक्रिया