जकार्ता, इन्डोनेसियाको माउन्ट सेमेरुको ज्वालामुखी पहाडबाट विस्फोटन हुन थालेको छ ।
त्यहाँबाट निस्केको खरानीले आकाश ढाकिएको छ भने मुलुकको मुख्य टापु जावाबाट मानिसहरूलाई अन्यत्र सुरक्षित गन्तव्यतर्फ लैजाने काम भइरहेको छ ।
स्थानीय प्रशासनले ज्वालामुखीको चेतवानीको स्तर अत्यन्तै उच्च स्तरमा प्रवाह गरेको छ ।
तर, झन्डै दुई हजार व्यक्तिलाई ज्वालामुखी प्रभावित क्षेत्रबाट विस्थापित गरिएको छ । राष्ट्रिय विपत्ति रोकथाम निकायले ती गाउँबाट अन्यत्र लगिएकाहरूमा बालबालिका तथा वृद्धहरू पनि रहेको जनाएको छ ।
प्रतिक्रिया