मध्य पहाडी राजमार्गमा कालोपत्रे सुरु

Sanchar_np
प्रकाशित: २०७९ मंसिर १९ गते २:१६
दुल्लु, पुष्पलाल मध्य पहाडी राजमार्ग अन्तरगत दैलेखको पश्चिम क्षेत्रमा रहेको भैरवी खण्ड कालो पत्रे सुरु भएको छ ।
सडकको स्तरीकरण सुरु भए सँगै लामो समयदेखि कच्चीबाटमा असहज यात्रा गर्नु पर्ने बाध्यता हटेको छ ।
भैरवी गाउँपालिका ३ चकत्राबजार देखि भैरवी गाउँपालिका १ स्थित भिर खेत सम्मको ९.५ किलोमिटर खण्ड कालोपत्रे सुरु गरेको हो ।
आर्थिक वर्ष ०७६–०७७ मा टेन्डर आह्वान गरी निर्माण सुरु गरिएको थियो । कुल २७ करोड ७९ लाख बजेटमा निर्माण गर्ने गरी निर्माण कम्पनी र आयोजना कार्यालय बिच ०७७ श्रवण २९ गते आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर निर्माण समय समाप्त भई सक्दा भर्खर काम सुरु भएको छ ।
प्रतिक्रिया