२०८० मंसिर १८ गते | 4th of December 2023

तापक्रम लगातार ओरालो घटदै

तापक्रम लगातार ओरालो घटदै
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते २:३२

काठमाडौं,केही दिन यता देशभर तापक्रम आरोलो लागिरहेको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्रीबाट पनि तल झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठडमाडौं उपत्यकाको तापक्रम ६.८ डिग्री सेल्सियस छ। हिजो आइतबार उपत्यकाको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस थियो।

मौसमविद् गोविन्दकुमार झाले दिएको जानकारीअनुसार उपत्यकासहित देशभर दिनप्रतिदिन चिसो बढिरहेको जानकारी दिए।

चिसोबाट बच्न महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शसमेत जारी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *