२०८० मंसिर १८ गते | 4th of December 2023

अष्ट्रेलियाका प्रधानमन्त्रीले भारत भ्रमण गर्दै

अष्ट्रेलियाका प्रधानमन्त्रीले भारत भ्रमण गर्दै
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते २:४२

काठमाडौँ, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आगामी वर्षको मार्च महिनामा भारतको भ्रमण गर्ने भएका छन् ।

अष्ट्रेलियाका सञ्चारमाध्यमले जनाएअनुसार प्रधानमन्त्री अल्बानिजले भारत-अष्ट्रेलिया आर्थिक सहकार्य तथा व्यापार सम्झौता गर्न आगामी मार्च महिनामा भारतको भ्रमण गर्न लागेका हुन् ।

उनको भ्रमणदलमा अष्ट्रेलियाका व्यापारिक प्रतिनिधिहरुको पनि सहभागिता रहने बताइएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार अल्बानिजको भारत भ्रमणले दुई मुलुकको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *