२०८० मंसिर १५ गते | 1st of December 2023

नाइजेरियामा बन्दुकधारीद्वारा १९ जनाको अपहरण

नाइजेरियामा बन्दुकधारीद्वारा १९ जनाको अपहरण
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते ३:१८

एजेन्सी, बन्दुकधारीहरूले नाइजेरियाको उत्तरपश्चिममा रहेको एउटा मस्जिदमा आक्रमण गरेर १९ मुस्लिम उपासकहरूलाई अपहरण गरेको प्रहरीले आइतबार जनाएको छ ।

आक्रमणकारीहरूले नमाजको बेला कट्सिना राज्यको मैगाम्जी गाउँको मस्जिदमा आक्रमण गरेका थिए । उनीहरुले दुई जनालाई घाइते बनाएको स्थानीय प्रहरीले जनाएको छ ।

अपहरणकारीले १३ जनालाई अपहरण गरेको प्रहरीले जनाएको छ । ६ जना पादरीलाई अपहरणकारीबाट मुक्त गराएको जनाइएको छ ।

उत्तरपश्चिम र मध्य नाइजेरियालाई स्थानीय रूपमा डाकुहरू भनेर चिनिने आपराधिक गिरोहहरूले आतंकित बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *