२०८० मंसिर १५ गते | 1st of December 2023

दक्षिण अफ्रिकामा बाढीः ९ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बाढीः ९ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते ३:२४

एजेन्सी, दक्षिण अफ्रिकामा एउटा चर्चको समारोहमा भाग लिइरहेका उपासकहरूलाई नदीमा आएको बाढीले बगाउँदा नौ जनाको मृत्यु भएको छ भने अन्य आठ जना बेपत्ता भएका छन् ।

पानीको बहाब बढेपछि ३० भन्दा बढी मण्डलीहरू नदीको चट्टानमा उभिन बाध्य भएका बीबीसीले जनाएको छ ।

बाढीले बगाउनै लाग्दा चर्चका पादरी भने रुखको लत्रिएको हाँगामा झुन्डिएर ज्यान जोगाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

उद्दारकर्ताहरुले जोहेनसवर्गको जुक्सकी नदीमा खोजी कार्य पुनः सुरु गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *