२०८० मंसिर १८ गते | 4th of December 2023

सोह्र वर्षदेखि झुपडीको वास

सोह्र वर्षदेखि झुपडीको वास
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते ३:३८

तुलसीपुर, खोला छेउमै देखिने झुपडी । वरिपरि काठले बारिएको छ । त्यो पनि ठूला–ठूला छिद्रा परेको । भित्र के छ रु बाहिरबाट हेर्दा सबै देखिन्छ । हिउदयाम सुरु भयो ।

अवरोधभित्र सिरेटो छिर्छ तर, राप्ती गाउँपालिका–५ भुल्केखोला निवासी ७८ वर्षीय बालाराम घर्तीले त्यस्ता सिरेटो खप्न थालेको वर्षौं भयो । उनी त्यस्ता सिरोटो खप्ने बानी नै परिसकेका छन् ।

“२०६३ सालमा बाढी आएर घर बगायो, अहिले म बसेको ठाउँमा गोठ थियो”, उनले भने, “त्यही गोठलाई जग उठाएर म बस्ने छाप्रो घर बनाएको हुँ ।” उनले त्यो छाप्रोमा १६ वर्ष बिताइसकेका छन् ।

जस्तापाताका लागि निवेदन दिएको जनाउँदै जस्ता आएपछि छाना बनाउने उनले बताए। “हजुरहरु केही चिन्ता नगर्नुहोला ।

गुजारा भइ त राछ, क्यारे । टिन मिले छ भने गर्नुपर्ला”, उहाँले भन्नुभयो, “झन्झट छ । भताभुङ्ग हुन्छ । भत्काउने हो भने बर्बाद हुन्छ हजुर । मलाई यही राम्रो छ ।”

उनका दुई छोरा हुनुहन्छ तर, दुवै छोरा छुट्टै बस्छन् । कहिलेकाहीँ जेठा छोराकामा गएर बस्ने गरेको भए पनि प्रायः त्यही छाप्रोमा उनको बास हुन्छ ।

त्यो छाप्रोलाई पनि उनले दुई तले बनाएका छन् । तल खाना पकाउने र माथि सुत्ने बनाएका छन्। उनकी श्रीमती बितेको पनि धेरै वर्ष भयो । उनी अहिले त्यही छाप्रोमा एक्लै जीवन बिताका छन्।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भने यो घरमा टिन उपलब्ध गराउने बताउनुभयो । उनले अहिले त्यो घरबाट भित्र हावा छिर्ने र छिद्रा–छिद्रा परेकाले त्यसलाई पनि टालटुल पारिदिने बताए।

“वास पनि आधारभूत कुरा हो”, उनले भने, “हाम्रो पालिकाभित्रका कोही पनि नागरिक झुप्रोमा वास बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ, हामी त्यो अभियानमै छौँ ।”
रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *