२०८० मंसिर १५ गते | 1st of December 2023

आगलागी पीडितलाई आर्थिक सहयोग

आगलागी पीडितलाई आर्थिक सहयोग
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते ४:५५

सिन्धुपाल्चोक,मेलम्ची–११ का आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ ।मेलम्ची बजारका व्यवसायी तथा संस्थाबाट सङ्कलन गरिएको रु चार लाख ३२ हजार ९५ रकम आइतबार उनीहरुलाई हस्तान्तरण गरिएको हो ।

गत काक्तिक ७ गते आगलागीबाट एकघरमा रहेको चार पसल, होटल, बेकरी तथा घरमा गरी करोडौँको क्षति भएको थियो ।

यसपछि विभिन्न समाजसेवी, राजनीतिक दल र बजारका अगुवाका नेतृत्वमा राहत सङ्कलन अभियान सञ्चालन गरेर सो रकम जम्मा गरिएको थियो ।

सङ्कलित रकम घरधनी दीपक दुलाललाई रु एक लाख, न्यु मेलम्ची सप्लायर्सका हरिशरण श्रेष्ठलाई रु दुई लाख १२ हजार, विजी बेकरीका प्रवीण देउजालाई रु ७० हजार र होटल व्यवसायी रीना गौतमलाई रु ५० हजार वितरण गरिएको अभियानका अगुवा सागर श्रेष्ठले जानकारी दिए ।

यसअघि मेलम्ची ब्याडमिन्टन एकेडेमीका सदस्यबाट सङ्कलित रु ७० हजार र मेलम्ची नगर उद्योग वाणिज्य सङ्घले पनि रु ७४ हजार प्रभावितलाई सहयोग गरेको थियो ।
रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *