२०८० मंसिर १५ गते | 1st of December 2023

सुन प्रतितोला ४ सय रुपैयाँले बढ्यो

सुन प्रतितोला ४ सय रुपैयाँले बढ्यो
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते ५:२२

काठमाडौं, सोमबार सुनको मूल्य मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढ्दै ९९ हजार ९ सय रूपैयाँ पुगेको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै बढ्दै ९९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा १५ रूपैयाँले बढ्दै आज १ हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *