काठमाडौ, गायक गायिका दामोदर भण्डारी र प्रिती आलेको स्वरमा नयाँ लोक गीत चौरी गाईको घिउले सार्वजनिक गरिएको छ। एक कार्यक्रमबीच गीतको भिडियो प्रिमियर गरी सार्वजनिक गरिएको हो।
गीतमा दामोदरकै शब्द र संगीत र कृष्ण विकको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा लोमस शर्मा, विजय पुन, रुबिना अधिकारी र जुनु एसडीले अभिनय गरेका छन्।
अजय रेग्मीको छायांकन रहेको भिडियो काजिश श्रेष्ठले कोरियोग्राफी र निर्देशन गरेका छन्।
पत्रकार गोपीकृष्ण चापागाईंले सहजीकरण गरेको कार्यक्रममा गायक भण्डारीले यसअघिको छुर्पी चौरी गाईको गीतको भागं२ को रूपमा सार्वजनिक गरिएको बताए।
प्रतिक्रिया