२०८० मंसिर १८ गते | 4th of December 2023

सोमबार १९ अर्ब २६ करोडको ट्रेजरी बोलकबोल हुने

सोमबार १९ अर्ब २६ करोडको ट्रेजरी बोलकबोल हुने
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते ६:३३

नेपाल राष्ट्र बैंकले सोमबार १९ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल्सको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा ट्रेजरी जारी गर्न लागेको हो ।

मंसिर २० गते अर्थात आगामी बुधबार जारी हुने ट्रेजरीको सोमबार दिउँसो २ बजे बोलकबोल हुने बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको समय सीमा भित्र ट्रेजरीका लागि अनलाइन दरखास्त दिन सक्नेछन् ।

सार्वजनिक बोलकबोल मार्फत हुने ट्रेजरी बाँडफाँडमा ८५ प्रतिशतलाई प्रतिस्पर्धात्मक र १५ प्रतिशतलाई विना प्रतिस्पर्धा सहभागी गराइने बैंकले जनाएको छ । बैंकका अनुसार २८ दिनका लागि ५ अर्ब रूपैयाँ, ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ र १८२ दिनका लागि १० अर्ब रूपैयाँ छुट्याइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *