२०८० मंसिर १९ गते | 5th of December 2023

पाकिस्तानमा प्रम इमरानले रियल स्टेटलाई भने सबैभन्दा ठूलो माफिया

पाकिस्तानमा प्रम इमरानले रियल स्टेटलाई भने सबैभन्दा ठूलो माफिया
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते ६:३६

कराचीः पूर्व प्रधानमन्त्री इमरान खानले रियल इस्टेटलाई पाकिस्तानको सबैभन्दा ठूलो माफिया भनेका हुन् उनका अनुसार रियल स्टेट व्यवसायीहरुले सरकारी जग्गा हडप्छन, यसलाई आम जनतालाई बेच्छ र त्यस पैसा विदेशमा स्थानान्तरण गर्दछन।

गत पीटीआई सरकारले आदेश गरेको डिजिटल फारममा सिमानासहितको भूमि अभिलेख देखाउने क्याडस्ट्रल म्यापिङले इस्लामावादमा मात्रै भू माफियाले १.२ ट्रिलियन डलरको जमिन अतिक्रमण गरेको देखाएको छ। देशभरको अवस्था उस्तै छ, इमरानले बताए ।

स्वतन्त्र र निष्पक्ष चुनाव गराउनु भनेको अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि पूर्व शर्त हो, जुन गलत दिशातर्फ जाँदैछ , उनले भने। उनका अनुसार नयाँ निर्वाचनपछि जुन सरकार आए पनि अभूतपूर्व निर्णय लिनुपर्छ ।

उनले एक सर्वेक्षणलाई पनि उल्लेख गरे जसमा ८८ प्रतिशत व्यवसायीले अर्थतन्त्र गलत बाटोमा गएको विश्वास गरेका थिए। उनले भने, ‘आत्मविश्वास पुनर्स्थापित गर्ने एउटै उपाय नयाँ निर्वाचन हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *