काठमाडौं, चलचित्र ‘डेसान’ को आइतबार सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले फिल्मलाई हेर्दै सबैले हेर्न मिल्ने ‘युनिभर्सल प्रमाण पत्र दिँदै सेन्सर पास गरेको हो ।
निर्देशक कमल एक्चै मगरले चलचित्रको सेन्सर पास भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
नवअभिनेता, अभिनेत्रीद्वय निशान चौहान र पुनम थापाको मुख्य भूमिका रहेको चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा,कविता आले,आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारुमगर लगायतको अभिनय रहेको छ ।
प्रतिक्रिया