प्रदेश १ मा एकै दिन १८ दुर्घटना, ३१ घाइते

विराटनगर । प्रदेश १ मा एकै दिन १८ वटा सवारी दुर्घटना भएका छन् । आइतबार प्रदेश १ भरि भएका १८ वटा सवारी दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
रवी राँके सडक अन्तरगत भएको माङसेबुङमा नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना सेना घाइते भएका छन् ।घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
मिक्लाजुङ गाउँपालिका ८ बुधबारे बजारबाट रणशेर गण फिदिमतर्फ आउदै बा १ ग ३४४२ नम्बरको नेपाली सेनाको वानटन गाडी आफै अनियन्त्रित भई सडकबाट अं १५०मिटर तल खसेर दुर्घटना भएको हो ।
आइतबार सबैभन्दा बढी सुनसरीमा सात वटा सवारी दुर्घटना भएका छन् । सात वटा सवारी दुर्घटनामा परि सुनसरीमा नौ जना घाइते भएका छन् ।
झापामा २ वटा सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् । मोरङमा २ वटा सवारी दुर्घटना भएकोमा २ जना घाइते भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै उदयपुरमा समेत सवारी दुर्घटना भएको छ ।
प्रतिक्रिया