२०८० मंसिर १५ गते | 1st of December 2023

अपराजित रहँदै सुदूरपश्चिम च्याम्पियन

अपराजित रहँदै सुदूरपश्चिम च्याम्पियन
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते ७:२७

काठमाडौं । सुदूरपश्चिम प्रदेशले यू-१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो

लुम्बिनी प्रदेशले दिएको ९३ रनको सामान्य रनको लक्ष्य सुदूरले २१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

सुदूरको लागि गजेन्द्र बोहोराले अविजित ३९ रन बनाए । दिपक बोहोराले २५ रन बनाए भने अनुराग सिंह २२ रनमा आउट भए ।

यस्तै अर्का दिपक बोहोरा शून्य रनमा आउट भए भने मिलन बोहोराले ६ रन बनाए । यता लुम्बिनीका लागि रमेश कुर्मी २ विकेट तथा निर्मल गुरुङ र अभिषेक गौतमले १/१ विकेट विकेट लिए ।

त्यसअघि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले सुदूरका मिलन धामीको घातक बलिङमा २९.१ ओभरमा सबै विकेट गुमाएर लुम्बिनीले ९२ रन मात्रै बनाउन सक्यो ।

लुम्बिनीको लागि आकाश त्रिपाटीले सर्वाधिक ३८ रन बनाए भने नर सार्कीले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदुरपश्चिमका लागि मिलन बोहोराले ९ ओभरमा १५ रन दिदै ५ विकेट लिए । हेमन्त धामी र नरेन साउदले समान २/२ विकेट लिए ।

डिफेन्डिङ च्याम्पियन लुम्बिनी भने समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाईनलमा पुगेको हो । लुम्बिनी र सुदुरपश्चिमबीचको गत बर्षको फाईनल खेल लुम्बिनीले १ सय १३ रनले जितेको थियो ।

यस संस्करणको समूह चरणको भेटमा लुम्बिनी सुदुपश्चिमसँग १ सय रनले पराजित भएको थियो ।

यो सँगै सुदूर यस प्रतियोगितामा सबै खेल जित्दै च्याम्पियन बन्यो । उक्त जित सँगै सुदूरले लुम्बिनीसँग अघिल्लो संस्करणमा फाइनल खेलमा हारेको बदला लिएको छ ।

गत ७ गतेबाट सुरु भएको प्रतियोगितामा प्रदेश १, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशसहित ७ प्रदेशको सहभागिता रहेको थियो ।

यस्तै विजेता सुदूरले २ लाख नगद प्राप्त गर्यो भने उपविजेता लुम्बिनीले १ लाख नगदमा चित्त बुझायो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *