२०८० मंसिर १८ गते | 4th of December 2023

चर्चित फ्रान्सेली लेखक लापियरेको निधन

चर्चित फ्रान्सेली लेखक लापियरेको निधन
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते ८:५८

फ्रान्सेली लेखक डोमिनिक लापियरेको निधन भएको छ । उनी ९१ बर्षका थिए। उनका ’फ्रिडम एट मिडनाइट’ र ’सिटी अफ जोय’ जस्ता पुस्तक भारतमा सर्वाधिक बिक्री हुने पुस्तकमध्ये पर्दछन् ।

“९१ वर्षको उमेरमा बुढ्योली र सम्बन्धित रोगका कारण उहाँको निधन भएको छ, ” उनकी पत्नी डोमिनिक कोन्कोन–लापियरेले फ्रान्सेली पत्रिका वार–माटिनसँग आइतबार भने ।

जुलाई ३०, १९३१ मा चाटेलेलोनमा जन्मिएका लापियरेले अमेरिकी लेखक ल्यारी कोलिन्ससँग मिलेर लेखेका छ वटा पुस्तकको विश्वभर करिब ५ करोड प्रति बिक्री भएको थियो ।

सन् १९६५ मा प्रकाशित गैर–आख्यान यस पुस्तकमा नाजी जर्मनीले फ्रान्सेली राजधानीमा नियन्त्रण तथा आत्मसमर्पण गरेको र फ्रान्सिस फोर्ड कोपोला र गोर भिडालद्वारा रजत पर्दाको लागि अनुकूलित गरिएका अगस्त १९४४ सम्मका घटनाहरूको वर्णन गरिएको छ ।

सन् १९८५ मा कोलकाताका एक रिक्सा चालकले भोग्नुपरेको पीडाबारे लेखिएको उनको उपन्यास ‘सिटी अफ जोय’ भारतमा उनको सर्बाधिक पढिएको कृति हो । यसै कथामा सन् १९९२ मा प्याट्रिक स्वेज अभिनित र रोलान्ड जोफद्वारा निर्देशित एक चलचित्र रिलिज भएको थियो ।

लापियरेले आफ्नो रोयल्टीको ठूलो हिस्सा ‘सिटी अफ जोय’ बाट भारतमा मानवीय परियोजनाहरूमा सहयोग गर्न दान गरेका थिए ।

सन् १९८० को दशकको सुरुतिर कोलकातामा मदर टेरेसालाई भेट्न जाँदा उनले रोयल्टीबाट जम्मा भएको ५० हजार अमेरिकी डलर प्रदान गरेका थिए ।

सहयोग स्वीकार्दै टेरेसाले भनेका थिए, “यदि यो सहयोगको उक्त थोपा ९रकम० नभएको भए आफ्नो अभियानका लागि ठूलो रकम ९समुद्र०समेत जम्मा हुने थिएन ।”

सन् २००५ मा लापियरेले मानवीय कार्यका साथै पाठकहरूको दानका कारण ‘२४ वर्षमा १० लाख क्षयरोगका बिरामीहरूलाई निको पार्न र कुष्ठरोग लागेका नौ हजार बालबालिकाको हेरचाह गर्न सम्भव भएको’ बताएका थिए ।

धाराप्रवाह बङ्गाली भाषा बोल्ने साहसी फ्रान्सेली उपन्यासकारले आफ्नो कृतिको बिक्री र ख्यातीबारे भने, “सबैभन्दा बढी बिक्री हुने लेखक भएर मात्र पुग्दैन । यसबाट प्राप्त हुने रकम सही काममा प्रयोग हुनु ठूलो कुरा हो ।” आफ्नो पुस्तकमा लेखिएजस्तै अन्यायहरूविरुद्ध न्यायका लागि सधैँ सङ्घर्ष गर्नुपर्ने र आवश्यक हुनेका लागि सधैँ सहयोग गर्नुपर्ने धारणा उनले राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *