२०८० मंसिर १८ गते | 4th of December 2023

भुवन केसीलाई काम गर्न बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश

भुवन केसीलाई काम गर्न बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते १०:४१

काठमाडौं । भुवन केसीले चलचित्र विकास बोर्डका अध्यक्षको हैसियतमा कामकाज गर्न पाउने भएका छन् ।

उनको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले साउन ३० मा उनलाई विकास बोर्डको अध्यक्षको हैसियतमा कामकाज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

त्यसपछि लामो समय सुनुवाइ रोकिएको यो रिटमा सोमबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको हो । यो आदेशसँगै केसीले विकास बोर्डको अध्यक्षको हैसियतमा काम गर्न तत्काललाई बाटो खुलेको केसीको तर्फबाट बहस गरेका कानुन व्यवसायी परशुराम कोइरालाले बताए ।

सर्वोच्चले यो मुद्दालाई पूर्ण सुनुवाइमा पठाउने आदेश पनि दिएको छ । विकास बोर्डको अध्यक्षका लागि स्नातक उतीर्ण हुनुपर्ने व्यवस्था भए पनि केसी स्नातक उतीर्ण नभएको भन्दै नरेशकुमार पौड्यालसहित ५ जनाले रिट दिएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *