२०८० मंसिर १५ गते | 1st of December 2023

निर्वाचन आचारसंहिता उल्लंघनमा सहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना

निर्वाचन आचारसंहिता उल्लंघनमा सहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते १०:४४

सहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन कसुरबापतकाे जरिवाना रकम बुझाएका छन् । दाङ–१ स्थित निर्वाचन क्षेत्रमा आचारसंहिता विपरीत बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित पार्न खोजेको भन्दै निर्वाचन आयोगले चुनावअघि स्पष्टीकरणसहित २५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

मन्त्री चौधरीले जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । चौधरी जरिवाना बुझाउने बहालवाला पहिलो मन्त्री हुन् । आयोगले स्वास्थमन्त्री भवानी खापुङलाई पाँच जरिवाना गरे पनि बुझाएका छैनन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *